संकटाले जित्यो सभापति कपको उपाधि



काठमाडौँ । सभापति कपको उपाधि संकटा फुटबल क्लबले हात पारेको छ।

बिहिवार सम्पन्न फाइनल खेलमा गोलकिपर दिप कार्कीले पेनाल्टीसुटआउटमा उत्कृष्ट प्रदर्शन गरपछि उपाधि संकटाले हात पारेको हो।

आयोजक नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशलाई हराउँदै संकटाले उपाधि जितेको हो।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा संकटाले आयोजक टिमलाई सडनडेथमा ४(३ ले पराजित गर्दै च्याम्पियन बनेको हो।

निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि पेनाल्टीसुट आउटमा लगिएको थियो।

आयोजक टिमका गोलकिपर विशेकले संकटाको सुरुवाती दुई पेनाल्टी प्रहार बचाउँदै सानदार सुरुवात गरेको थियो।

तर खेलले नाटकीय मोड लिँदा नतिजा संकटाको पक्षमा गएको हो।

प्रकाशित मिति : माघ १७, २०८१ बिहीबार  ८ : ४५ बजे