काठमाडौं । त्रिकोणात्मक महिला अन्तर्राष्ट्रिय टि–ट्वान्टी शृङ्खलाअन्तर्गत नेपालले नेदरल्याण्ड्सबाट १४१ रनको लक्ष्य पाएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले २० ओभरमा ९ विकेट गुमाएर १४० रन बनायो ।
बलिङमा नेपालकी सीता राना मगर एक्लैले ५ विकेट लिईन् । ३ ओभर फ्याँकेकी सीताले १२ रन दिएर ५ विकेट चट्काएकी हुन् । मनिषा उपाध्यायको नाममा दुई विकेट रहँदा कविता जोशी र इन्दू पर्माले समान १ विकेट लिए ।














