भीम रावललाइ सहयोग गरेको आरोपमा सुदूरपश्चिमका ५ जना एमालेबाट निष्कासित



काठमाडौं। नेकपा एमालेले भीम रावललाइ सहयोगरेको आरोपमा सुदूरपश्चिमका ५ जना एमालेबाट निष्कासित गरेको छ ।

भीम रावललाइ सहयोगरेको आरोपमा नेकपा एमाले सुदूरपश्चिमले प्रदेश सदस्‍यसहित ५ जना नेतालाई निष्कासित गरेको हो ।

प्रदेश कमिटीको पाँचौँ सचिवालय बैठकले सल्लाहकार परिषद् सदस्य लालबहादुर खड्का र हर्क कुँवरलाई पार्टी सदस्यबाट निष्कासन गर्ने निर्णय गरिएको एमाले प्रदेश सचिव रणबहादुर चन्दले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

एमालेबाट निष्कासित हुनेमा सल्लाहकार परिषद् सदस्य लालबहादुर खड्का, प्रदेश कमिटी सदस्य जंगबहादुर बिक, हर्कबहादुर कुँवर, दुधकला विष्ट र केशर मियाँ रहेका छन् ।

उनीहरूमध्ये खड्काले यसअघि चित्तबुझ्दो जवाफ दिएकोले कारवाही नगरिएको तर पुनस् रावलको अभियानमा संलग्न देखिएकोले निष्कासन गरिएको एमालेले जनाएको छ ।

विधानको धारा ८१ को उपधारा ९१० बमोजिम कारवाही गर्ने निर्णय गरेको एमालेको दाबि छ ।

एमालेबाट निष्कासन परेका पूर्वउपाध्यक्ष रावलले मातृभूमि जागरण अभियान चलाइरहेका छन् ।

प्रकाशित मिति : माघ २०, २०८१ आईतबार  ६ : २४ बजे