केबलकार निर्माण विवाद समाधान गर्न सरकारले बनायो वार्ता समिति



काठमाडौं । ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केबलकार निर्माणको क्रममा उत्पन्न विवाद समाधानका लागि सरकारले वार्ता समिति गठन गरेको छ।

गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा आइतबार बेलुका मन्त्रालयले वार्ता टोली गठन गरेको हो । गृहमन्त्रीस्तरको निर्णयबाट उक्त वार्ता टोली गठन गरिएको हो ।

गृह मन्त्रालयबाट जारी विज्ञप्तिमा वार्ता र संवादको माध्यमबाट समस्या समाधान गर्न सहसचिव भट्टराईको संयोजकत्वमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सहरी विकास मन्त्रालयका प्रतिनिधिसमेत रहेको वार्ता टोली गठन गरिएको जनाएको छ ।

प्रकाशित मिति : २१ माघ २०८१, सोमबार  १२ : ५२ बजे