काठमाडौं । घरेलु मैदानमा जारी त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत नेपालले आफ्नो चौथो खेलमा थाइल्यान्डविरुद्ध टस हारेर पहिले बलिङ गर्ने भएको छ।
लगातार तेस्रो हार व्यहोरेको नेपाल प्रतियोगितामा पहिलो जित निकाल्न चाहन्छ । तर अपराजित रहेको थाइल्याण्डसामु नेपालका लागि त्यति सहज भने छैन । शृङ्खलामा लगातार तेस्रो जित हात पारेको थाइल्याण्ड ६ अंकसहित शीर्ष स्थानमा छ ।
नेपालले यसअघि खेलेको तीनवटै खेलमा पराजित भएको नेपाल लागि यस खेल जित्नैपर्ने दबाबमा छ। नेपाल यस खेलमा पराजित भएमा शृंखला जित्ने सम्भावना समाप्त हुनछ।
नेपाल पहिलो खेलमन नेदरल्यान्डस्सङ २० रन तथा नेदरल्यान्डस्सङको दोश्रो खेलमा १५ रनले पराजित भएको थियो। थाइल्याण्डसङ नेपाल पहिलो खेलमा ४ विकेटले पराजित भएको थियो।














