काठमाडौँ – चितवनको सहारा सहकारी ठगी प्रकरणमा थुनामा रहेका रास्वपा सभापति तथा सांसद रवि लामिछानेविरुद्ध आज पनि थुनछेक बहस हुँदै छ । बुधबारबाट सुरु भएको थुनछेक बहस नसकिएपछि आज पुनः बहस हुने भएको हो ।
बहस नसकिएको हुँदा जाहेरवाला र प्रतिवादीको तर्फबाट बहससहित थुनछेक गर्न पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई अदालत उपस्थित गराइँदै छ।
चितवन जिल्ला अदालतका सूचना अधिकारी अमृत विश्वकर्माका अनुसार बिहान १० बजेबाट बहस सुरु हुनेछ। सरकारी वकिल तथा जाहेरवालाको र विपक्षी प्रतिवादीको तर्फबाट बहस गर्नेछन् ।
बहस नसकिएकाले लामिछानेलाई बुधबार जिल्ला प्रहरी कार्यालय चितवनको न्यायिक हिरासत पठाइएको थियो।
बुधबार सरकारी वकिल तर्फबाट जिल्ला न्यायाधिवक्ता रवि न्यौपाने र सहायक न्यायाधिवक्ताहरु अमृत सुवेदी, बुद्ध बहादुर थापा र जाहेरवाला बचतकर्ताहरुको तर्फबाट अधिवक्ता रमेश काफ्लेले बहस गरेका थिए।














