काठमाडौं । बालयौन दुरुपयोगको अभियोगमा दोषी ठहर भएका मदन राईलाई अदालतले सजाय सुनाएको छ।
जिल्ला अदालत खोटाङका न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले शुक्रबार राईलाई २ वर्ष ६ महिना कैद सजाय र एक लाख जरिमाना गर्ने फैसला सुनाएको हो।
अदालतका सूचना अधिकृत सुदीप कुमार भट्टराईका अनुसार पीडित बालिकालाई १ लाख ५० हजार क्षतिपूर्तीको पनि सजाय पनि सुनाइएको छ।
माघ १३ गते खोटाङ दाहालको इजलासले उनलाई दोषी ठहर गरेको भएपनि सजाय तोक्न बाँकी थियो।
आफैंले खोलेको ‘शुभद्रा मदन फाउन्डेसन’ मा बसेर पढ्ने बालिका र किशोरीहरूलाई यौन दुर्व्यवहार गरेकोमा जिल्ला अदालत खोटाङले मदन राईलाई दोषी ठहर गरेको थियो।
राई कृषि विज्ञका रूपमा पनि परिचित छन्। २०८० जेठ २१ गते सरकारी वकिलको कार्यालय खोटाङले जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो।
उनीविरूद्ध बालबालिका ऐनको दफा ६६ को उपदफा ३ बमोजिम विभिन्न कसुर गरेको भन्दै सजायको मागदाबी गरेको थियो।