डा तोषिमा कार्कीले जितिन् मुद्दा,सांसद पद जोगियो



काठमाडौँ । ललितपुर क्षेत्र नम्बर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी ‘रास्वपा’बाट निर्वाचित सांसद डा तोसिमा कार्कीले मुद्दा जितेकी छन्।

आफूलाई निर्वाचन आयोगले उम्मेदवार नरहेको भनी उम्मेदवारी बदर गर्ने निर्णयविरूद्ध तोसिमाले दायर गरेको रिटमा सर्वोच्चले फैसला गर्दै रिट जारी हुने निर्णय सर्वोच्चले सुनाउको हो।

फागुन २७ गते न्यायाधीश डा मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको इजलासले यस्तो फैसला सुनाएको हो।

पछिल्लोपटक यही फागुन ४ गतेका निम्ति तोकिएको मुद्दाको निसु ९निर्णय सुनाइने० आजका लागि सारिएको थियो।

राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का तर्फबाट उमेदवार बनेकी डा तोषिमाको उमेदवारी निर्वाचन आयोगले खारेज गरिदिएपछि विवाद सर्वोच्च अदालत पुगेको थियो।

सर्वोच्चले तत्लका लागि अन्तरिम आदेश दिएपछि उनले चुनाव लड्न पाएकी थिइन्।

तोषिमाको उम्मेदवारी खारेज भएपछि उनको चर्चा चुलिएको थियो। पछि उम्मेदवारी कायम भएर उनी ललितपुर–३ बाट निर्वाचित बनिन्।

प्रकाशित मिति : फाल्गुन २७, २०८१ मंगलबार  ४ : १९ बजे