नेसपाको महाधिवेशनमा नयाँ शक्तिले बोलाएन पुराना पार्टी



काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को प्रथम महाधिवेशनमा पुराना पार्टीहरूलाई निम्तो दिएन। आइतबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा भवनमा सुरू भएको महाधिवेशनको कार्यक्रममा पुराना दलका कुनै पनि नेताहरु देखिएनन्।

नेसपा (नयाँ शक्ति) ले नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी नेपाल, जनता समाजवादी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, लगायत पुराना दलका नेताहरूलाई निम्तो नै दिएन।

पुराना दलहरू सत्ता र शक्तिमा रूमलिएको उनको आरोप लगाउँदे नयाँ शक्तिले निम्तो नपठाएको हो। नेसपा (नयाँ शक्ति) का अध्यक्ष बाबुराम भट्टराई पनि माओवादी, नयाँ शक्ति, समाजवादी पार्टी हुँदै नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)सम्म आइपुगेका हुन्।

कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, विवेकशील साझा पार्टीलगायतलाई बोलाएको थियो। उद्घाटन कार्यक्रममा रास्वपा कार्यवाहक सभापति डोलप्रसाद अर्याल, जनमत पार्टीका अध्यक्ष सिके राउत, नाउपा संस्थापक रेमश चौधरी, विवेकशील साझाकी अध्यक्ष समीक्षा बाँस्कोटाले नेसपा ९नयाँ शक्ति० महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गरेका छन्।

प्रकाशित मिति : माघ २७, २०८१ आईतबार  २ : १६ बजे