प्रतिनिधिसभाको बैठक बस्न किन ढिलाइ ?



काठमाडौं । आइतबारको सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक बस्नमा ढिलाइ भएको छ ।

बैठक दिउँसो १ बजे बस्ने गरी निर्धारण गरिएको थियो । तर, दिउँसो साढे २ बज्दासम्म बैठक सुरु भएको छैन ।

सभामुख देवराज घिमिरेको सचिवालयले दिएको जानकारी अनुसार सचेतकहरूबीचको छलफल लम्बिँदा संसद् बैठक सुरु हुन ढिलाइ भएको सांसदहरूले बताएका छन् ।

उक्त छलफल सकिएपश्चात् प्रतिनिधिसभा बैठक सुरु हुनेछ ।

प्रकाशित मिति : माघ २७, २०८१ आईतबार  २ : ४९ बजे