नयाँ शक्तिको अध्यक्षमा बाबुराम भट्टराई निर्वाचित



काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को अध्यक्षमा डा बाबुराम भट्टराई निर्वाचित भएका छन् ।

अध्यक्षका प्रत्याशी नेत्र चापागाईँलाई फराकिलो मतान्तरले पराजीत गर्दै डा.भट्टराई निर्वाचित भएका हुन् ।

गत माघ २७ गतेबाट नेसपा (नयाँ शक्ति) को महाधिवेशन सुरु भएको थियो ।

महिला उपाध्यक्ष, दलित उपाध्यक्ष र कोषाध्यक्षसहित २० जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका थिए भने ७० पदका लागि निर्वाचन भएको थियो ।

प्रकाशित मिति : फाल्गुन १, २०८१ बिहीबार  ३ : ४७ बजे