काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को अध्यक्षमा डा बाबुराम भट्टराई निर्वाचित भएका छन् ।
अध्यक्षका प्रत्याशी नेत्र चापागाईँलाई फराकिलो मतान्तरले पराजीत गर्दै डा.भट्टराई निर्वाचित भएका हुन् ।
गत माघ २७ गतेबाट नेसपा (नयाँ शक्ति) को महाधिवेशन सुरु भएको थियो ।
महिला उपाध्यक्ष, दलित उपाध्यक्ष र कोषाध्यक्षसहित २० जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका थिए भने ७० पदका लागि निर्वाचन भएको थियो ।














