भारतमा नेपाली विद्यार्थीको मृत्यु, प्रकरणबारे बूज्दैछौं : प्रधानमन्त्री



काठमाडौं, ५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा नेपाली विद्यार्थी मृत भेटिएको बारेमा कूटनीतिक तवरबाट काम भइरहेको बताएका छन् ।

विश्वविद्यालयको होस्टलमा बसेर बी–टेक तेस्रो वर्षमा अध्ययनरत बुटवलकी प्रकृति लम्सालको शङ्कास्पद मृत्यु भएको थियो ।

सो घटनापछि विश्वविद्यालयले विद्यार्थीहरुलाई क्याम्पस छोड्न निर्देशन दिइसकेको छ ।

प्रकाशित मिति : फाल्गुन ५, २०८१ सोमबार  ५ : ०५ बजे