लेबनानलाइ हराउदै नेपाल एक खेलअगावै वुमेन्स च्याम्पियनसिपको फाइनलमा



काठमाडौं । घरेलु टोली नेपाल काठमाडौँमा जारी इन्टरनेशनल वुमेन्स च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ।

बिहीबार भएको खेलमा लेबनानमाथि १-० को जित निकाल्दै नेपाल एक खेल खेल्नुअगावै नेपाल अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो ।

नेपालको जितमा पहिलो हाफमा गरेको एकमात्र गोल नै निर्णायक बन्यो । ४२औं मिनेटमा सावित्रा भण्डारीको प्रहार लेबनानी खेलाडी फराहलाई डिफ्लेक्ट भएर गोल भएको थियो ।

पालले अब आइतबार प्रतियोगिता अन्तर्गतको अन्तिम खेलमा म्यानमारसँग प्रतिस्पर्धा गर्न छ।

नेपालले आफनो पहिलो खेलमा र्किगिस्तानलाई १- ० ले हराएको थियो।

गत फागुन ५ गतेदेखि सुरु भएको उक्त प्रतियोगिताको फाइनल फागुन १४ गते हुनेछ।

प्रकाशित मिति : फाल्गुन ८, २०८१ बिहीबार  ८ : २२ बजे