काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै कारण कांग्रेस–एमालेबीच सत्ता सहकार्य भएको बताएका छन्।
आइतबार रोल्पाको लिवाङमा आयोजित पार्टीको दोस्रो जिल्ला सम्मेलन तथा सभामा सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन्।
‘प्रचण्डको चकचक देखेपछि, उपद्रो देखेपछि आजित भएका कांग्रेस र एमालेले मिलेर अहिलेको सरकार बन्यो,’ महामन्त्री थापाले भने।
एमालेसँग कांग्रेसको सत्ता साझेदारी ०८४ सम्म चल्ने पनि जिकिर गरे।
‘एउटा प्रसंगले हामीलाई एकठाउँमा पुर्यायो। अब ०८४ सालसम्म हाम्रो तर्फबाट कुनै पनि चकचक हुँदैन, कुनै पनि उपद्रो हुँदैन,’ महामन्त्री थापाले भने।














