इन्टरनेशनल वुमन्स च्याम्पियनसिप : नेपाल र म्यानमारको खेल बराबरीमा सकियो



काठमाडौ । इन्टरनेशनल वुमन्स च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले म्यानमारसँग बराबरी खेलेका छन् ।

काठमाडौंमा जारी चार राष्ट्र सम्मिलित दशरथ रंगशालामा सम्पन्न आजको खेल २-२ गोलको बराबरीमा सकिएको हो । नेपालले दुईपटक पछि परेको अवस्थाबाट पुनरागमन गरेको थियो ।सबै गोल पहिलो हाफमै भएका थिए । नेपालले दुईपटक पछि परेको अवस्थाबाट पुनरागमन गरेको थियो ।

म्यानमारकी म्यात नोइ खिनले छैटौँ मिनेटमा फ्रिकिक मार्फत अग्रता दिलाएकी थिइन् । खेलको ११औँ मिनेटमा नै सविता रानामगरले गोल गर्दै नेपाललाई खेलमा फर्काइन् । सावित्रा भण्डारीले उपलब्ध गराएको पासमा सविताले गोल गरेकि हुन् ।

खेलको १६औँ मिनेटमा म्यानमारकी मे तेत तु ले अर्को गोल गरेपछि म्यानमारले पुनः २–१ को अग्रता बनायो ।तर, ४०औँ मिनेटमा सावित्रा भण्डारीले गोल गरेपछि पहिलो हाफ २–२ को बराबरीमा समाप्त भएको थियो ।

दुवै टोली यसअघि नै फाइनलमा पुगिसकेका छन् । फाइनल खेल बुधबार हुनेछ

प्रकाशित मिति : फाल्गुन ११, २०८१ आईतबार  ८ : ४२ बजे