भक्तपुरमा एक पुरुष मृत भेटिए,हत्याको आशंका



काठमाडौं । भक्तपुरमा एक जना पुरूष मृत भेटिएका छन्।

भक्तपुरको मध्यपुर थिमि नगरपालिका-९ बोडे निलबाराहीस्थित पिकनिक स्थलनजिक पार्किङ स्थलमा एक व्यक्ति मृत भेटिएका हुन् ।

मृतक खोटाङ केपिलासगढी गाउँपालिका-२ घर भई बोडे बस्ने ६६ वर्षीय ओमप्रकाश राई रहेको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी तथा प्रवक्ता ढुण्डिराज नेउपानेले बताए ।

उनी कवाडी सामान संकलन गर्ने व्यक्ति रहेको प्रहरीको भनाइ छ ।रगत लतपतिएको ढुंगा समेत फेला परेको र मृतकको शरीरमा चोट देखिएकाले ढुंगा प्रहार गरेर हत्या गरेको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।

शवको प्रकृति हेर्दा हत्या जस्तो देखिएको प्रवक्ता नेउपानेले बताए ।

प्रकाशित मिति : चैत्र १०, २०८१ आईतबार  १२ : ४३ बजे