काठमाडौं । इटहरी सेन्ट्रल प्लाजामा भीषण आगलागी भएको छ ।
इटहरीको मुख्य चोकमा रहेको सेन्टर प्लाजामा बुधबार बिहान साढे ९ बजेदेखि आगो लागेको हो ।
प्लाजामा रहेको होटलको बरन्डामा आगलागी भएको प्रहरीले जानकारी दिएको छ ।
आधा दर्जन बढी दमकलले नियन्त्रणको प्रयास गर्दै छन् ।















