राजावादी आन्दोलन भड्काउन सक्रिय खतिवडा पक्राउ



काठमाडौं, १६ चैत । आफूलाई धर्मगुरु बताउने ज्योतिष पुष्कर खतिवडा पक्राउ परेका छन् ।

शुक्रबार तीनकुनेको हिंसात्मक आन्दोलनमा ढुंगामुढा गरेको र राजावादी आन्दोलनलाई उत्तेजित बनाएको भन्दै खतिवडालाई काठमाडौँ प्रहरी परिसरको टोलीले आज नियन्त्रणमा लिएको हो ।

उनलाई प्रहरीको विशेष टोलीले इमाडोलस्थित घरमा लुकेको अवस्थामा नियन्त्रणमा लिएको हो ।

आफूलाई प्रहरीले पक्राउ गरेको खतिवडाले सामाजिक सञ्जालबाटै जानकारी दिएका छन् ।

प्रकाशित मिति : चैत्र १५, २०८१ शनिबार  १० : ३४ बजे