सुनको मूल्य बढ्यो, कतिमा हूँदैछ कारोबार ?



काठमाडौं, कात्तिक ९ । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला तीन हजार रुपैयाँले बढेर दुई लाख ८१ हजार ५०० रुपैयाँ कायम भएको छ।

आइतबार सुन प्रतितोला दुई लाख ७८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ४० रुपैयाँले बढेको छ। आइतबार तीन हजार ९५५ रुपैयाँ रहेको चाँदीको मूल्य सोमबार बढेर प्रतितोला तीन हजार ९९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

प्रकाशित मिति : कार्तिक ९, २०८३ सोमबार  १२ : ०२ बजे