राप्रपालाई भृकुटीमण्डपमा सभा गर्न प्रशासनले दिएन अनुमति, अब बल्खुमा हुने



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले चैत २६ गते मंगलबारको सभा बल्खुमा गर्ने भएको छ।

राप्रपाले सभाका लागि भृकुटीमण्डप रोजे पनि जिल्ला प्रशासन कार्यालय काठमाडौँले बल्खुमा सभा गर्न अनुमति दिएको हो।

भृकुटीमण्डपमा आमसभा गर्न अनुमति माग गरे पनि जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेपाल शिक्षक महासंघ लगायतले माइतीघर-बबरमहल क्षेत्रमा आन्दोलन जारी राखेको भन्दै राप्रपालाई बल्खु वा सिफल चौरमा कार्यक्रम गर्न भनेको थियो।

उक्त सभामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलगायतले सम्बोधन गर्ने कार्यक्रम तय भएको राप्रपाले जानकारी दिएको छ।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठले दिएको जानकारीअनुसार राप्रपाले बागमती प्रदेशस्तरीय प्रदर्शन र आमसभा मंगलबार बल्खुमा गर्ने तय भएको छ।

प्रकाशित मिति : २५ चैत्र २०८१, सोमबार  ११ : ३१ बजे