९.६६ अंकले बढ्यो सेयर बजार, चार अर्ब ४८ करोडको कारोबार



काठमाडौं । धितोपत्र दोस्रो बजार मापक सेयर बजार (नेप्से परिसूचक) ९.६६ अंकले बढेको छ । आज नेप्से परिसूचक २,६७६.२८ विन्दुमा पुगेर बन्द भएको छ ।

यस दिन चार अर्ब ४८ करोड ४६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

यस दिन बैंकिङ र व्यापार बाहेक सबै सेक्टरका सूचक बढेका छन् । बैंकिङ ०.०३ तथा व्यापार ०.४० प्रतिशत घटे । होटल तथा पर्यटन सेक्टर सबैभन्दा धेरै २.४४ प्रतिशत बढ्यो । विकास बैंक ०.२९, फाइनान्स ०.३४, हाइड्रोपावर ०.०८, लगानी १.४८, जीवन बीमा ०.२२, उत्पादन १.३६, माइक्रोफाइनान्स ०.२२, निर्जीवन बीमा ०.६५, अन्य ०.३६ प्रतिशत बढे ।

यस दिन १५४ कम्पनीको सेयरमूल्य बढेको छ भने ९० कम्पनीको सेयरमूल्य घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

प्रकाशित मिति : चैत्र २७, २०८१ बुधबार  ३ : ४६ बजे