नारायणघाट – बुटवल सडक विस्तार : दाउन्ने खण्ड आजबाट दैनिक चार घण्टा बन्द



नवलपरासी । नारायणघाट -बुटवल सडक योजनाले दाउन्ने खण्डमा आजदेखि दैनिक चार घण्टा सवारी आवागमन बन्द हुने जनाएको छ।

नारायणघाट(बुटवल सडक निर्माण आयोजनाका सूचना अधिकारी शिव खनालका अनुसार दाउन्ने खण्ड आज बिहान ११ः०० देखि अपराह्न ३ः०० बजेसम्म बन्द हुनेछ।

चैत ३१ गतेसम्म यो समय कायम रहने छ। बैशाख १ गतेदेखि राति ११ः०० देखि बिहान ५ः०० बजेसम्म बाटो बन्द हुनेछ।

उक्त सडकखण्ड लामो समयदेखी नसकिदा सर्बसाधारणले सास्ती खेप्दै आएका छन् । रासस

प्रकाशित मिति : चैत्र २६, २०८१ बुधबार  १० : २१ बजे