काठमाडौँको बालाजुमा आज बाइसधारा मेला लागेको छ ।
चैत शुक्ल पूणिर्माका दिन यहाँ बर्षेनी मेला लाग्ने गर्छ । बाइसधारामा स्थान गरे मुक्तिनाथ तथा गोसाईंकुण्डमा स्नान गरे बराबरको पुण्य प्राप्त हुने जनविश्वास रहेको छ ।
मल्लकालीन राजा जयप्रकाश मल्लले बालाजुमा २१ धारा निर्माण गराएका थिए । नागार्जुनको वनमा एक किसिमको ल्हुति भन्ने फल पाउने गरिएको र उक्त फलको रस मिसिएर त्यहाँको पानी बग्ने भएकाले उक्त पानी औषधिय महत्वको रहेको विश्वास गरिन्छ ।
यस कारण पनि बाइसधाराको पानीमा नुहाउँदा चर्मरोग निको हुने विश्वास गरिन्छ ।











