भारत र पाकिस्तानबीचको सैन्य तनाबपछि स्थगित आईपीएल शनिबारदेखि पुनः सुरु हुँदै



काठमाडौं । भारत र पाकिस्तानबीचको बढ्दो तनावका कारण एक साताका लागि स्थगित गरिएको इन्डियन प्रिमियर लिग ९आईपीएल० शनिबारदेखि पुनः सुरु हुने भएको छ ।

गत हप्ता युद्धविरामका लागि भएको सफल कूटनीतिक पहलपछि पुनः लिग सञ्चालन गर्ने निर्णय गरिएको हो ।

भारतीय क्रिकेट नियन्त्रण बोर्ड ९बीआईसीसी०ले सूचना जारी गर्दै बाँकी खेल सञ्चालन हुने जनाएको हो ।

बीआईसीसीका अनुसार, फाइनल खेल जुन ३ मा हुनेछ ।

बिहीबार रद्द गरिएको पञ्जाब किंग्स र दिल्ली क्यापिटल्सबीचको खेल पनि सुरु हुने जनाइएको छ ।
क्वालिफायर १ जेठ १५ गते ९मे २९० र इलिमिनेटर जेठ १६ गते ९मे ३०० मा हुनेछ । त्यस्तै, क्वालिफायर २ जेठ १८ गते ९जुन १० मा हुनेछ ।

प्रकाशित मिति : बैशाख ३०, २०८२ मंगलबार  ९ : १० बजे