महिला टी–२० विश्वकप एसिया छनोट : नेपाल सुपर थ्रीमा प्रवेश



काठमाडौं। नेपाल आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटको सुपर थ्रीमा प्रवेश गरेको छ।

शुक्रबार तय भएको हङकङ र बहराइनबीचको खेल वर्षाले रद्द भएपछि नेपाल सुपर थ्रीमा प्रवेश गरेको हो।

नेपाल र हङकङको समान ५.५ अंक थियोे।

नेपाल बढी जित निकालेका आधारमा दोस्रो चरणमा पुगेको हो।

प्रकाशित मिति : जेष्ठ २, २०८२ शुक्रबार  १ : ५१ बजे