नेपाललाई ७८ रनले हराउँदै च्याम्पियन बन्यो थाइल्यान्ड



काठमाडौं । आइसीसी वुमेन्स टी-२० विश्वकप एसिया क्वालिफायरमा थाइल्यान्ड नेपाललाई हराउँदै च्याम्पियन बनेको छ।

अपराजित रुपमा च्याम्पियन बनेको थाइल्यान्डले सुपर थ्रीअन्तर्गतको अन्तिम खेलमा नेपाललाई ७८ रनको फराकिलो अन्तरले पराजित गर्न सफल भयो।

थाइल्याण्डले दिएको १५९ रनको बलियो लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ८० रन मात्र बनायो । नेपालका लागि कविता कुँवरले सर्वाधिक २४ रन बनाउँदा राजमती ऐरी २० रनमा नटआउट रहिन् । रुबिना क्षेत्रीले १२ रन बनाइन् ।

नेपालकी कविता कुँवरले सर्वाधिक २४ रन बनाइन् । राजमती ऐरीले १९ रन बनाउँदा रुविना क्षेत्रीले १२ रन थपिन् । यसबाहेक, नेपालका अन्य ब्याटर दोहोरो अंकसम्म पुग्न सकेनन् ।

प्रकाशित मिति : जेष्ठ ६, २०८२ मंगलबार  १ : ०९ बजे