काठमाडौं, ९ जेठ । गत चैत्र १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी प्रदर्शनको घट्नामा जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाएको छ।
प्रहरीले हिजो ९बिहीबार० आफ्नो प्रतिवेदन बुझाएको हो । यो घट्नमा प्रहरीले एक सयभन्दा बढिलाई मुद्दा चलाउन राय दिएको छ ।
नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले तोकेका दुर्गा प्रसाईंलाई संगठित अपराधसहित पाँच वटा कसुरमा मुद्दा चलाउनुपर्ने प्रहरीको राय छ।
प्रहरीले राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र राप्रपा महामन्त्री एवं सांसद धवलशमशेर राणालाई राजद्रोह र आपराधिक उपद्रवमा मुद्दा चलाउन राय दिएको हो।
अहिले दुर्गा प्रसाईंसहित ५३ जना प्रहरी हिरासतमा छन्। उनीहरुलाई हिजोमात्रै दुई दिनको म्याद थप गरिएको छ भने राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्र र महामन्त्री एवं सांसद धवलशमशेर राणालाई हाजिर जमानीमा राखिएको छ।