ऐतिहासिक कोटेश्वर महादेव मन्दिर (तस्बिरहरु)



काठमाडौं । कोटेश्वर महादेव काठमाण्डौ जिल्लाको कोटेश्वरस्थित ऐतिहासिक शिवको मन्दिर हो ।

यही मन्दिरबाट नै कोटेश्वरको नामाकरण गरिएको हो ।

यस क्षेत्र मल्लकालका मल्ल राज्य कान्तिपुर, पाटन, र भक्तपुरको सिमाना क्षेत्र हो ।

यस मन्दिरमा साउन महिनाको सोमबार, मङ्गलचौठी, जनै पूर्णीमा, शिवरात्रिमा विशेष पूजाआजा हुने गर्छ ।

साथै नियमित पूजाआजका लागि पनि मन्दिरमा भक्तजनको बाक्लो उपस्थिती हुन्छ । यहाँ हरेक शनिबार साँझ आरती गरिन्छ ।

प्रकाशित मिति : जेष्ठ १२, २०८२ सोमबार  १० : ५३ बजे