कामीरिता शेर्पा ३१ औं पटक सगरमाथामा



काठमाडौं । पर्वतारोही कामीरिता शेर्पाले ३१ औँ पटक सगरमाथा सफलतापूर्वक आरोहण गरी आफ्नै विश्व कीर्तिमानमा नयाँ अध्याय थपेका छन्।

५५ वर्षीय शेर्पाले मंगलबार बिहान ४ बजे सगरमाथाको चुचुरोमा पाइला टेकेका हुन्।

उनी २२ जना भारतीय सैनिकको टोलीका प्रमुख गाइडको रूपमा अभियानमा सहभागी थिए। सफल आरोहणपछि उनी सगरमाथा आधार शिविर फर्किने र त्यसपछि हेलिकोप्टरमार्फत काठमाडौं आउने कार्यक्रम रहेको सेभेन समिट ट्रेक्सले जनाएको छ।

कामीरिताले सन् १९९४ ‘वि।सं। २०५१’ मा पहिलोपटक सगरमाथा आरोहण गरेका थिए। सोलुखुम्बुको थामे गाउँ निवासी शेर्पाले हालसम्म सगरमाथा, केटू, ल्होत्से, मनास्लु लगायत ८ हजार मिटरभन्दा अग्ला हिमालहरू ४५ पटक आरोहण गरिसकेका छन्। उनले एकै सिजनमा पाँच पटकसम्म सगरमाथा चढ्ने दुर्लभ कीर्तिमान समेत राखेका छन्।

प्रकाशित मिति : जेष्ठ १३, २०८२ मंगलबार  ११ : ०१ बजे