काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध १७ वर्षसम्म कैद सजायको माग गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीवार विशेष अदालतमा दायर गरेको अभियोगपत्रमा नेपालविरुद्ध १७ वर्षसम्म कैद सजायको माग गरिएको हो।
काभ्रेमा पतञ्जली योगपीठका लागि हदबन्दीभन्दा बढी जग्गा खरिद गर्न र नेपाल सरकारका नाममा आउनुपर्ने जग्गा बिक्री गर्न दिएर भ्रष्टाचार गरेको आरोपमा नेपालमाथि लागेका आरोपहरू प्रमाणित भएमा उनलाई १७ वर्षसम्म जेल सजाय हुन सक्ने भएको हो।
अख्तियारको आरोपपत्रमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९३० ९१० ९ज० अनुसारको सजाय माग गरिएको छ। ऐनको उक्त दफारउपदफामा १० करोभन्दा बढी भ्रष्टाचार गरेको ठहर भएको खण्डमा १४ वर्षसम्म कैद हुने उल्लेख छ।
माधव नेपाल प्रधानमन्त्री भएको बेला भ्रष्टाचार कसुर गरेकाले थप सजाय गर्नुपर्ने पनि उक्त ऐनमा उल्लेख छ। उक्त ऐनको दफा २४ मा थप ३ वर्षसम्म कैद सजाय माग गरेको छ। यसरी माधवकुमार नेपालविरुद्ध १७ वर्षसम्म कैद सजाय हुन सक्ने देखिएको छ।
पूर्वप्रधानमन्त्री नेपाल कैद सजाय मात्र होइन, ठूलो रकम जरिमाना पनि गर्न अख्तियारले माग गरेको छ। उनीविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो कायम गरिएको छ। यो बिगो रकम असुलउपर गरी सोही रकम बराबरको जरिवाना गर्न पनि अख्तियारले माग गरेको छ। यसरी नेपालसँग ३७ करोड १७ लाख रुपैयाँ माग गरिएको छ।










