अमेरिकामा एकै परिवारका ४ नेपाली गोलि लागेको अवस्थामा मृत फेला



काठमाडौं –अमेरिकाको भर्जिनियास्थित मानेसास पार्कस्थित नजिकै एक घरमा एकै परिवारका चार जना मृत अवस्थामा फेला परेका छन्। घरको तल्लो तल्लामा भाडामा बस्दै आएका उनीहरू बिहीवार मृत अवस्थामा फेला परेको बताइएको छ।

अमेरिकी मिडियाहरुका अनुसा मृत फेला पर्नेमा ३८ वर्षीय सन्तोष परियार, ३६ वर्षीय अञ्जु श्रेष्ठ, २ वर्षीय बालक र ८ वर्षीय बालिका रहेको बताइएको छ। बालबालिकाको परिचय प्रहरी सार्वजनिक गरेको छैन।

घरवालाले भाडावालहरूको जाँच गर्न प्रहरीलाई अनुरोध गरेपछि उनीहरूलाई मृत फेला परेका थिए।

चारै जनाको गोली लागेर मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको समाचारमा उल्लेख छ। घटनास्थलमा एक हतियार पनि फेला परेको छ । प्रहरीले उक्त मृत्युलाई हत्या वा आत्महत्या के हो भन्नेबारे अनुसन्धान गरिरहेको बताएको छ। उनीहरू चारै जना नेपाली हुन्।

छिमेकीहरूले मृतकहरू करिब ६ महिना अघि सो बस्तीमा बसाइँ सरेका थिए। मानेसास पार्क उत्तर भर्जिनियामा रहेको एउटा सहर हो, जुन वासिङ्टन डीसीबाट करिब ३० माइल दक्षिण–पश्चिममा, प्रिन्स विलियम काउन्टीको बिचमा पर्छ।

प्रकाशित मिति : जेष्ठ २४, २०८२ शनिबार  ९ : ३८ बजे