काठमाडौँ । मितेरी सहकारी ठगी प्रकरणमा पक्राउ परेका ज्योतिबहादुर भण्डारीलाई नेपाल ल्याइएको छ ।
कम्बोडियामा पक्राउ परेका उनलाई नेपाल प्रहरीको टोली त्यहाँ पुगेर बुधबार साँझ नेपाल ल्याएको हो। उनी रेड कर्नर नोटिसका आधारमा पक्राउ परेका थिए।
मितेरी सहकारीमा केही वर्षअघिसम्म कांग्रेस उपसभापति एवं पूर्वमन्त्री धनराज गुरुङकी श्रीमती ज्योति गुरुङ महाप्रबन्धक थिइन् । महाप्रबन्धक रहेकै बखत सहकारीको बचत रकम अपचलन गरी उनी भागेकी थिइन् । ज्योति र अर्का आरोपित ज्योतिबहादुर भण्डारी रकम अपचलन गरेर फरार भएपछि दुवै जनालाई प्रहरीले ‘इन्टरपोल’मार्फत ‘रेड नोटिस’मा समेटेर फरार सूचीमा राखेको थियो ।
उनीहरू फरार भएपछि मात्र उक्त सहकारीको बचत ठगी प्रकरण बाहिरिएको थियो । ज्योतिबहादुर सुरुमा थाइल्यान्डबाट कम्बोडिया हुँदै हाल श्रीलंकाको कोलम्बो पुगेको प्रहरीको सुरुवाती अनुमान थियो । मितेरी बेलायती र भारतीय सेनाबाट अवकाशप्राप्त लाहुरेहरूको पहलमा खोलिएको सहकारी हो । बर्दिया घर भएका ज्योति समेतले सहकारीको रकम अपचलन गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानको निष्कर्ष छ ।
मितेरी सहकारी संस्थाको कार्यालय ललितपुरको महालक्ष्मी नगरपालिकामा कार्यालय रहेको छ। सो सहकारीको
रकम उनले तीन करोड ४४ लाख रकम अपचलन गरेको आरोप छ। यस्तै, ज्योति गुरुङले ६ करोडभन्दा बढी अपचलन गरेको आरोप छ।