काठमाडौँ । प्रमुख तीन दलका शीर्ष नेताको बैठक आज बस्ने भएको छ ।
प्रधानमन्त्री ओली, प्रमुख प्रतिपक्षी दलका नेता एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बैठक हुन लागेको हो।
आज (शुक्रबार) सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो २ बजे बैठक बस्ने तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।