काठमाडौँ । निर्वाचन आयोगले कात्तिकमा उपनिर्वाचन गर्ने तयारी आफूहरूले गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई जानकारी गराएको छ।
आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्तहरु डा जानकीकुमारी तुलाधार र सगुनशमशेर जबराले प्रधानमन्त्री ओलीलाई भेटेर उपनिर्वाचनका विषयमा जानकारी गराएका हुन्।
असार १६ गतेभित्रै उपनिर्वाचनको मिति तोक्ने तयारी गरिएको विषयसमेत आयोगले ओलीलाई जानकारी गराएको छ।
प्रधानमन्त्री ओलीले निर्वाचनका लागि आयोगले गरेको तयारी अनुसार सरकारले आवश्यक सहजीकरण गर्ने विश्वास दिलाएका थिए।
प्रतिनिधि सभाको एक स्थान, प्रदेश सभाको स्थान रिक्त छ। स्थानीय तहमा १३ वटा वडाध्यक्षको पद रिक्त छ।
प्रतिनिधि सभातर्फ रुपन्देही(३ र गण्डकी प्रदेशसभाको मनाङ क्षेत्र नं। १ (२) मा रिक्त भएको छ।
आगामी फागुन २० गते राष्ट्रिय सभामा १८ स्थान रिक्त बन्दैछन्। ती स्थानमा पनि निर्वाचन गर्नुपर्नेछ।
संवत् २०८४ को निर्वाचनका लागि गर्नुपर्ने तयारी पनि गर्न पनि ओलीले आयोगलाई सुझाव दिए।
छलफलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अधिकारीहरू पनि सहभागी थिए।