ग्वार्को फ्लाइओभर सञ्चालनमा, प्रधानमन्त्रीको उपस्थितिमा ट्राफिक प्रहरीले गरे उद्घाटन



ललितपुर । ललितपुरको ग्वार्को स्थित फ्लाइओभरको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् ।

शुक्रबार प्रधानमन्त्री ओलीको उपस्थितिमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख एसएसपी नवराज अधिकारीले रिबन काटेर उदघाटन गरेका हुन् ।

शुक्रबार उनले उक्त फ्लाइओभर उद्घाटन गरेका हुन् । उद्घाटनपछि आजैबाट सवारी साधन सञ्चालन गर्ने तयारी गरिएको छ । ललितपुरको ग्वार्को चोकमा नेपालकै पहिलो फ्लाई ओभरको निर्माण भएको हो ।

गएको शनिवार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालसहित सडक विभागको नेतृत्वले स्थलगत निरीक्षण गरी सवारी साधन सञ्चालनको तयारी गर्न निर्देशन दिएको थियो ।

प्रकाशित मिति : असार ६, २०८२ शुक्रबार  ४ : ५२ बजे