मुगुमा फेरि गयो भूकम्प



काठमाडौं । मुगुमा फेरि भूकम्पको धक्का महसुस गरिएको छ ।

सोमबार बिहान ८ बजेर ३९ मिनेटमा ४.३ म्याग्च्यिुडको भूकम्प गएको हो । भूकम्पको केन्द्रविन्दु मुगुको कोटडाँडा आसपास रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

यसअघि, आइतबार समेत दिउँसो २ बजेर ३४ मिनेटमा मुगुकै जिमा आसपास केन्द्रविन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प गएको थियो ।

प्रकाशित मिति : असार १६, २०८२ सोमबार  १० : ०० बजे