बबरमहलमा आकाशे पुल निर्माण कार्य धमाधम (तस्बिरहरु)



काठमाडौं । सवारीसाधनका साथै पैदल यात्रुको अत्यधिक चाप रहने काठमाडौंको बबरमहलमा आकाशे पुल निर्माण कार्य सुरू भएको छ ।

भौतिक पूर्वाधार मन्त्रालयले २ करोड ५२ लाख बजेट छुट्याएपछि बबरमहलस्थित जिल्ला अदालत अगाडि आकाशे पुल निर्माण कार्य सुरु भएको हो ।

जेब्रा क्रसिङ र ट्राफिक लाइट राखेपनि बबरमहलमा आकाशे पुल नहुँदा पैदलयात्रु र सवारी चालकहरु जोखिम मोलेर सडकमा यात्रा गर्न बाध्य भएका छन् ।

प्रकाशित मिति : असार १९, २०८२ बिहीबार  १० : १७ बजे