काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले गरेको निर्णयलाई चुनौति दिँदै अनुशासन समितिको अध्यक्षबाट निलम्बित नवराज सुवेदी निर्वाचन आयोगमा पुगेका छन्।
उनले आयोग पुगेर उजुरी दिएका हुन् ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले अनुशासन समितिको अध्यक्षबाट हटाएपछि आक्रोशित बनेका उनी निर्वाचन आयोग पुगेका हुन् ।
गत असार २५ गते राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी अनुशासन समितिको अध्यक्षबाट सुवेदीलाई हटाएका थिए ।
सुवेदीको ठाउँमा लिङ्देनले उपाध्यक्ष रोशन कार्कीलाई उक्त समितिको अध्यक्ष बनाएका थिए ।









