काठमाडौं । नेपाली कांग्रेस सोलुखुम्बुले संघिय उर्जा मन्त्रालयलाई ध्यानाकर्षण गराएको छ ।
सोलुखुम्बु जिल्लामा केन्द्रिय प्रसारण लाईनबाट आपुर्ती भएको विद्युतको गुणस्तर सुनिष्चितताको माग गर्दै कांग्रेस सोलुखुम्बुले उर्जा मन्त्री दिपक खड्कालाई भेटेर ध्यानाकर्षण गराएको हो ।
महासमिती सदस्य दुर्गा नौबाग,पार्टी जिल्ला उपसभापती घनराज सुनुवारसहित नेपाली कांग्रेस सोलुखुम्बुका नेताहरु नबिन थापा, दावागेलु पाख्रिन्, चन्द्र आचार्य,गिता गुरुङ्, बाबुराम आचार्य, कर्ण बिक,जिग्मे साङ्गे शेर्पा, प्रेम आचार्य र कैलाश केसी लगायतका नेताहरुले जिल्लामा गुणस्तरीय विद्युत आपुर्तिको माग राखेका हुन ।
ध्यानाकर्षण गराउन पुगेका जिल्ला नेताहरुलाई मन्त्री खड्काले समस्याको समाधानका लागी तत्काल माहततका निकायलाई निर्देशन दिने जानकारी गराएका थिए ।
सोलुखुम्बु जिल्लाका केन्द्रिय प्रसारण मार्फत विद्युत पुगेका धेरै ठाँउमा हाल प्राधिकरणाले आपुर्ती गरिरहेको बिजुली बारम्बार आउने जाने गर्दा स्थानियहरुले सास्ती खेपी रहेका छन ।
विद्युत आपुर्ती गतिलो नभएकोले स्थानियहरुले प्राधिकरणसँग गुनसो गरिरहेका छन ।














