प्रधानमन्त्री ओली भदौ ३१ गते भारत भ्रमणमा जाने



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाने भएका छन् ।

आगामी भदौ ३१ देखि असोज १ गतेसम्म भारतको भ्रमण गर्ने तय भएको हो ।

प्रधानमन्त्री ओलीनिकट स्रोतले प्रधानमन्त्री ओलीको दुई दिने भारत भ्रमण सुनिश्चित भएको जानकारी दिएको छ।

भारतीय समकक्षी नरेन्द्र मोदीबाट प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो आएको हो।

प्रकाशित मिति : श्रावण ४, २०८२ आईतबार  १ : २३ बजे