काठमाडौं । सेयर कारोबारी दीपेन्द्र अग्रवाल पक्राउ परेका छन् ।
काठमाडौं जिल्ला प्रहरी परिसरले अग्रवाललाई टोखाबाट पक्राउ गरेको हो ।
२२ करोड ठगी अरोपमा अग्रवाल पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।
सेयर बजारमा विभिन्न उपाय अपनाएर अग्रवालले सस्तोमा सेयर खरिद गर्ने र महँगोमा बिक्री गर्ने गर्दे आएका थिए। सामाजिक सञ्जालहरूमा समेत प्रभावित पार्नेगरी सेयर बजारबारे उनको अभिव्यक्तिहरू आइरहेका हुन्छन्।










