मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी



काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले पनि आफूलाई दलमा आवद्ध भएर राजनीतिमा संलग्न हुन नरोकेको र पार्टीको सदस्यता कसैले खोस्न नसक्ने बताइन् ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले संविधानका विभिन्न धाराले कहींकतै दलमा आवद्ध भएर राजनीतिमा संलग्न हुन नसक्ने नभनेको भन्दै पार्टीको सदस्यताबाट बन्चित गर्नुपर्ने कुनै कारण नभएको बताइन् ।

उनले भनिन्, ‘संविधानका विभिन्न धारा मर्म र भावना कहिँकतै पनि म दलमा आवद्ध भएर राजनीतिमा संलग्न हुन नसक्ने अवस्था छैन् । यो छर्लङग भएको विषय हो । त्यसैले मलाई पार्टीको सदस्यताबाट बञ्चीत गर्नुपर्ने कुनै कुरा छैन् ।’

पूर्वराष्ट्रपति भण्डारीले भनिन्’, ‘वास्तवमा मेरो पार्टी सदस्यता नविकरण भइसकेकाले यसलाई विवादमा पर्नुपर्ने विषय नै होइन् । म एक राजनीति व्यक्ति भएकाले राष्ट्रपतिको जिम्मेवारी पूरा गरेर राजनीति दलमा आवद्ध भइ देश र जनताको सेवा गर्ने संकल्प गर्नु कुनै आश्चर्य मान्नुपर्ने विषय होइन् । यो कुनै पदमा महत्कांक्षी र आशा ममा छैन् । किनकी मैले आफ्नो नाम इतिहासमा लेखिसकेको छु । मेरो उद्देश्य पार्टीका सदस्य बन्ने र पार्टीलाई सवल र सुदृढ बनाउने र देश र जनताको सेवा गर्ने हो ।’

भण्डारीको यो अभिव्यक्तिपछि अब उनी सक्रिय राजनीतिमा कसरी अगाडि बढ्नेछिन् भन्नेमा राजनीतिक वृत्तमा चासो बढेको देखिन्छ।

प्रकाशित मिति : श्रावण ९, २०८२ शुक्रबार  ४ : २६ बजे