काठमाडौंको नागपोखरीमा यसरी मनाइयो नागपञ्चमी (तस्बिरहरु)



काठमाडौं । आज नागपञ्चमीको दिन काठमाडौंस्थित नागपोखरीमा भक्तजनहरुको भिड लागेको छ ।

श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमीमा घरका मूलढोकामा नागको तस्वीर टाँस्ने परम्परा रहेको छ ।

यसरी दैलोमा टाँसिएको नागको चित्रले वर्षभरि रक्षा गर्ने जनविश्वास रहेको छ ।

नागको पूजा अर्चनाका लागि दूध, मिठाई, फूल र धान भुटेर तयार पारिएको लाभा चढाइन्छ ।

प्रकाशित मिति : श्रावण १३, २०८२ मंगलबार  १० : ४० बजे