काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सरकारी साक्षी भएर विशेष अदालतमा बयान दिने व्यक्तिविरूद्ध नै मुद्दा दर्ता गरेको छ।
घुस तथा रिसवत मुद्दामा सरकारी साक्षीको रूपमा प्रस्तुत गरिएका डम्मरबहादुर बुढाथोकीले अदालतमा प्रतिकूल बकपत्र दिएपछि आयोगले अनुसन्धान गर्दा उनी आफैँ भ्रष्टाचारमा संलग्न भएको खुलेको हो।
मुद्दामा सरकारी साक्षी बनेर बुढाथोकीले बयान दिएका थिए। तर बुढाथोकीले पनि घुस दिएको देखिएपछि उनीविरूद्ध मुद्दा चलाइएको हो।









