काठमाडौं । ‘कुलिङ पिरियड’ छानबिन विशेष समितिले सर्वसम्मत प्रतिवेदन तयार पारेको छ । समितिले सभापति रामहरि खतिवडाले राजनीतिक र नैतिक जिम्मेवारी लिनुपर्ने सिफारिस गरेको छ।
‘कुलिङ पिरियड’को प्रावधान समेटिएको विषयमा प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिमा गम्भीर जालझेल भएको निष्कर्षसहित विशेष छानबिन समितिले प्रतिवेदन पारित गरेको हो।
संसदीय छानबिन विशेष समितिले उच्च पदस्थ कर्मचारीको हकमा पद अनुकूल आचरण गरेको नदेखिएको प्रतिवेदनमा उल्लेख गरेको छ । उच्च पदस्थ कर्मचारीले पद अनुकूलको आचरण गरेको भए निजामती विधेयकको प्रतिवेदन लेखनमा त्रुटि नहुने समितिको बुझाइ छ ।









