सिन्धुलीका युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ



काठमाडौं । सिन्धुलीका युवकको भारत पुर्‍याएर मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ परेका छन् ।

मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले घटनामा संलग्न रहेकामध्ये एक जनालाई बुधबार राति काठमाडौंबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा नुवाकोटका समिर परियार छन् । भारतमा मिर्गौला निकालिएका सिन्धुलीको दुधौली नगरपालिका-१ का खिलबहादुर भुजेललाई समीरले नै जिम्मा लिएर नेपाल ल्याएको आरोपमा उनलाई पक्राउ गरिएको ब्युरोका प्रमुख एसएसपी कृष्णप्रसाद पंगेनीले जानकारी दिए।

उनका अनुसार परियारमाथि अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : श्रावण २२, २०८२ बिहीबार  १२ : १२ बजे