शारदा ब्यारेजमा चारपांग्रे सवारी सञ्चालनमा रोक



कञ्चनपुर । महाकालीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजमा चारपांग्रे सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

महाकालीमा पानीको बहाव एक लाख तीन हजार क्युसेक पुगेपछि शारदा ब्यारेजमा चारपांग्रे सवारी आवागमनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए।

महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेक पुग्नेबित्तिकै चारपांग्रे सवारी आवागमनमा रोक लगाइने गरिन्छ। महाकाली नदीमा पानीको बहाव बढ्दै गइरहेको छ। रासस

प्रकाशित मिति : श्रावण २३, २०८२ शुक्रबार  ४ : ५९ बजे