ट्रम्प र पुटिनबीच अगस्ट १५ मा अलास्कामा भेट हुने



काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबिच भेट अगस्ट १५ मा भेटबार्ता हुने भएको छ ।

राष्ट्रपति ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग अगस्ट १५ मा अमेरिकी राज्य अलास्कामा भेट हुने बताएका हुन् ।

ट्रम्पले ट्रुथ सोसलमा यसबारे जानकारी गराएका हुन् ।

रूसी राष्ट्रपतिका सहयोगी युरी उशाकोभले पुटिन र ट्रम्पले आगामी शिखर सम्मेलनमा रूस–युक्रेन द्वन्द्वको दीर्घकालीन शान्तिपूर्ण समाधान प्राप्त गर्ने विकल्पहरूमा ध्यान केन्द्रित गर्ने बताए ।

प्रकाशित मिति : श्रावण २४, २०८२ शनिबार  ८ : ११ बजे