टर्कीमा ६.१ म्याग्निच्युडको भूकम्पः एक जनाको मृत्यु



काठमाडौं । टर्किएको उत्तरपश्चिमी बालिकेसिर प्रान्तमा आईतवार ६.१ म्याग्निच्युडको भूकम्पमा एक जनाको मृत्यु भएको छ । साथै २९ जना घाइते भएको गृहमन्त्री अली येर्लिकायाले बताए ।

बालिकेसिरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै येर्लिकायाले ८१ वर्षीय वृद्धको मृत्यु भएको बताए ।

प्रान्तको ग्रामीण क्षेत्रहरूमा जम्मा १६ वटा भवनहरू भत्किएका छन् ।

स्थानीय समय अनुसार साँझ ७ः५३ बजे आएको भूकम्पले जनजीवन तहसनहस पारेको थियो । एजेन्सी

प्रकाशित मिति : श्रावण २६, २०८२ सोमबार  १० : ५४ बजे